मन्त्रिपरिषद् बैठक : ‘लकडाउन’ सात दिन लम्बियो, विभिन्न राहत घोषणा
काठमाडाैँ । कोरोना (कोभिड–१९) भाइरस संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले थप सात दिन ‘लकडाउन’ गर्ने भएको छ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले थप सात दिनसम्म लकडाउन थप्ने निर्णय गरेको हो।
सरकारले यसअघि चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको थियो। आइतबारको मन्त्रिपरिषद् बैठकले १८ गतेपछि सात दिन लकडाउन थप्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार एवं अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । यो निर्णयसँगै चैत २५ गते राति १२ बजेसम्म लकडाउन हुने भएको छ।
सँगै मन्त्रिपरिषद् बैठकले विभिन्न राहत घोषणाको निर्णय गरेको छ । राहत र सहुलियतमा मजदुरदेखि वृद्धवृद्धासम्म र इमेल इन्टरनेटदेखि विजुलीसम्म रहेको छ । साँझ ५ बजेपछि बसेको मन्त्रिपरिषद् बैठक राति ९ बजेसम्म चलेको छ ।
नेपालमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोराना भाइरसको संक्रमण पाँचजनामा देखिएको छ। जसमध्ये एकजना भने निको भएर डिस्चार्ज भइसकेका छन्।
यसअघि उपप्रधान तथा रक्षामन्त्री र्ईश्वर पोखेरलको संयोजकत्वको नोभल कोरोना (कोभिड-१९) भाइरस सङ्क्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समिति बैठकले आइतबार केही महत्वपूर्ण निर्णय गरेको थियो।
समितिले अन्तर्राष्ट्रिय उडान २०७७ वैशाख ३ गतेसम्म रोक्नेदेखि विदेशबाट फर्किएर सम्पर्कमा नआउने, क्वारेन्टिनमा नबस्नेलाई संक्रामक रोग नियन्त्रण ऐन अनुसार कैद सजाय गर्नेसम्मका निर्णय गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको उच्चस्तरीय समन्यव समिति बैठकले चीनबाट ल्याइएको औषधि र स्वास्थ्य उपकरण, पोर्टेबल पिसिआर मेसिन वितरण गर्ने निर्णय गरेको हो। चीनबाट पाँच थान पीसीआर मेसिन आइपुगेको छ। हाल चार प्रदेशमा १/१ थान पठाउने निर्णय भएको छ।
मागलाई ध्यानमा राखेर प्रदेश दुई, प्रदेश पाँच (नेपालगञ्ज वा बुटवलमा रहनेगरी) कर्णाली प्रदेश (सुर्खेतमा रहनेगरी), सुदूरपश्चिम प्रदेशमा गरि १–१ थानका दरले चार थान तत्काल पठाइहाल्ने निर्णय गरेको सचिव नारायण बिडारीले जानकारी दिए।
त्यसैगरी अन्तर्राष्ट्रिय उडानलाई थप वैशाख ३ अर्थात् अप्रिल १५ तारिखसम्मका लागि स्थगित गरेको छ।
यसअघि प्रधानमन्त्री केपी ओलीले चैत ७ गते राष्ट्रका नाममा सम्बोधन गर्दै सबै अन्तर्राष्ट्रिय उडान चैत ९ गतेदेखि १८ गतेसम्म स्थगित गर्ने निर्णय सुनाएका थिए।। ओलीले अत्यावश्यक बाहेक चैत ९ देखि २१ गतेसम्म सम्पूर्ण निजी तथा सार्वजनिक सेवा बन्द गर्ने घोषणा गरेका थिए। सरकारले चैत ११ गते भने ‘लकडाउन’को निर्णय गरेको थियो।
त्यसैगरी बैठकले भारतीय सीमा क्षेत्रमा रहेका नेपालीको अझै वोर्डरमा रहेको सूचना रहेकोले स्थानीय तहलाई निवार्य क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन निर्देशन दिने निर्णयसमेत गरेको छ। सँगै विदेशमा रहेका विद्यार्थीका सवालमा सम्बन्धित विद्यार्थीका अभिभावकमार्फत नेपाल राष्ट« बैंकले खर्च पठाउनसक्ने व्यवस्था गर्ने विषयमा समेत निर्णय भएको छ।
Comments
अरु समाचार
-
प्रधानमन्त्रीसँग विपीन जोशीका परिवारको भेट
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ। शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा...
-
संसदीय समितिको आजको बैठकमा फास्ट ट्रयाकबारे छलफल
काठमाडौं। संघीय संसद्को एक समितिको बैठक बस्दै छ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो...
-
झापाबाट फर्केका ओली प्रधानमन्त्री भेट्न एयरपोर्टबाट सिँधै सिंहदरबार पुगे
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । बिहीबार मन्त्रिपरिषद् बैठकलगत्तै...
-
जनताको चाहना पूरा गर्न प्रतिबद्ध छौँ : अध्यक्ष ओली
काठमाडाैं। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू मुलुकलाई संवृद्ध बनाउने अभियानमा जुटिरहेकाले जनताको चाहना पूरा...
-
गल्फुटारमा कांग्रेस सभापति देउवा र माधव नेपालबीच भेटवार्ता
काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। कांग्रेस...
-
सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने आज अन्तिम दिन
काठमाडौं। सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि दावी पेस गर्ने आज अन्तिम दिन रहेको छ। यसअघि पेस गरिएका दुवै दाबी अस्वीकृत भएपछि...
-
महेश बस्नेतविरुद्ध दिइएको उजुरीमा प्रमाण नपुगेको प्रहरीको राय
काठमाडौं । नेकपा (एमाले) का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध परेको उजुरीमा प्रमाण अपुग भएको प्रहरीले निष्कर्ष निकालेको छ ।...
-
सुशासन र विकास पार्टीको ‘एजेण्डा’ हुनुपर्छः महामन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विकास र सुशासन पार्टीको मुख्य ‘एजेण्डा’ हुनुपर्ने बताउनुभएको छ । ‘समुदायमा कांग्रेस संवाद...
-
महालेखा परीक्षकमा तोयम राय सर्वसम्मत अनुमोदित
काठमाडौं । संसदीय सुनुवाइ समितिले महालेखा परिक्षकमा तोयम रायलाई सर्वसम्मत अनुमोदन गरेको छ । मंगलबार भएको सुनवाइपछि समितिले रायलाई अनुमोदन...