ताजा समाचार

विश्वभर कोरोना संक्रमित संख्या ७ लाख नाघ्यो, मृतकको संख्या ३४ हजार पुग्यो

एजेन्सि । विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ७ लाख २१ हजार ५८४ पुगेको छ। गत २४ घण्टाभित्र करिब ६० हजार नयाँ संक्रमित थपिएका छन्।

यसैगरी भाइरस संक्रमणबाट ३३ हजार ९५८ ले ज्यान गुमाइसकेका छन्। ज्यान गुमाउने संख्या इटालीमा सबभन्दा बढी छ। इटालीमा सोमबार बिहानसम्ममा १० हजार ७७९ ले ज्यान गुमाइसकेका छन्। यस्तै सपेनमा ६ हजार ८०३ को मृत्यु भएको छ।

अमेरिकामा संक्रमण तीव्र रूपमा फैलिरहेको छ। हालसम्म त्यहाँ १ लाख ४२ हजार १०६ जनामा संक्रमण पुष्टि भइसकेको छ भने २ हजार ४७९ ले ज्यान गुमाइसकेका छन्।

सुरुवातमा इपिसेन्टर रहेको चीनमा आइतबार ३१ नयाँ संक्रमित थपिएको चिनियाँ सञ्चार माध्यम सीजीटीएनले जनाएको छ। तीमध्ये ३० जना अन्य देशबाट आएका यात्रुमा देखिएको राष्ट्रिय स्वास्थ्य आयोग चीनले बताएको छ। त्यस्तै ३ हजार ३०४ जनाको ज्यान गइसकेको छ।

कुन देशमा कति

अमेरिका
संक्रमित: १,४२,१०६
मृत्यु: २,४७९
निको: २,६८६

इटाली
संक्रमित: ९७,६८९
मृत्यु: १०,७७९
निको: १३,०३०

चीन
संक्रमित: ८२,१२२
मृत्यु: ३,३०४
निको: ७५,५८२

स्पेन
संक्रमित: ८०,११०
मृत्यु: ६,८०३
निको: १४,७०९

जर्मनी 
संक्रमित: ६२,०९५
मृत्यु: ५४१
निको: ९,२११

फ्रान्स
संक्रमित: ४०,७२३
मृत्यु: २,६११
निको: ७,२२६

इरान
संक्रमित: ३८,३०९
मृत्यु: २,६४०
निको: १२,३९१

बेलायत
संक्रमित: १९,७८४
मृत्यु: १,२३१
निको: १५१

स्वीजरल्यान्ड
संक्रमित: १४,८२९
मृत्यु: ३००
निको: १,५९५

नेदरल्यान्ड
संक्रमित: १०,९३०
मृत्यु: ७७२
निको: २५३

दक्षिण कोरिया
संक्रमित: ९,५८३
मृत्यु: १५२
निको: ५,०३३

भारत
संक्रमित: १,०२४
मृत्यु: २७
निको: ९५

नेपाल
संक्रमित: ५
मृत्यु: ०
निको: १

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org