ताजा समाचार

समाजसेबी युवा निरौलाले गरे ‘कोरोना कोष’मा पन्ध्र हजार सहयोग घोषणा

काठमाडाैँ ।  विश्वभर महामारी रुपमा  फैलाएको कोराना (कोभिड-१९)को जोखिम नियन्त्रण तथा रोकथामका लागि युवा समाजसेवी राम निरौलाले रु १५००० (अक्षेरुपी-पन्ध्र हजार) सहयोग गर्ने घोषणा गरेका छन् ।

नेपाल सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा रोकथाम कोषमा समाजसेबी युवा निराैलाले सहयोग घोषणा गरेका हुन ।

विश्वमा नै कोरोनाको महामारी फैलिएको बेला यस्तो महाविपत्तिमा सबै एकजुट हुनु पर्ने कुरालाई प्रेरित गराउने उद्देश्यले सहयोगको घोषणा गरेको निरौला बताउछन । उनले लकडाउन खुल्ने वित्तिकै सो रकम राष्ट्रिय वाणिज्य वैंक मार्फत सरकारको कोषमा जम्मा गर्ने जानकारी दिए ।

समाजसेवी युवा निराैला सोसियल रिक्न्ट्रक्सन फाउन्डेसनका अध्यक्ष साथै इटहरी जेसिस, लायन्स, जस्ता संघ–संस्थामा समेत रहेका छन।

निरौलाले भनेः  विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले गर्दा सरकारले पछिल्लो ८ दिनको लकडाउनको म्याद थपेकाले बिपन्न मानिसहरूको अवस्थालाई मध्यनजर गर्दै राहत कोषमा सकम जम्मा गरि सरकारलाइ सहयोग गर्नेछाै।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org