ताजा समाचार

कोरोना प्रभावित विकासोन्मुख देशलाई विश्व बैंकको १.९ अर्ब

एजेन्सि । विश्व बैंकले कोरोनाको महामारीविरुद्ध लड्न विकासोन्मुख देशका लागि १ दशमलब ९ अर्ब अमेरिकी डलर प्रारम्भिक कोषको रुपमा छुट्याएको जनाएको छ ।

२५ वटा विकासोन्मुख देशका लागि आपतकालिन कोषको रुपमा उक्त रकम छुट्याएको बताइएको छ । आधा भन्दा धेरै सहयोग भारतका लागि कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न भनी दिइनेछ ।

बैंकले आफूसँग रहेको कायम रहेको १ दशमलब ७ अर्ब डलरको स्रोतलाई पनि पुन प्रयोग गर्ने भएको छ । साथै बैंकले आगामी १५ महिनासम्म महामारी विरुद्ध १ सय ६० अर्ब डलरसम्म खर्च गर्ने तयारी गरिरहेको पनि जनाएको छ ।

विश्व बैंकका उच्च अधिकारीहरुका अनुसार अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रबन्ध निर्देशक क्रिस्टलिना जर्जिएवाले आफ्नो बैठकमा समावेश गर्न प्रस्ताव आह्वान गरेकी थिइन् । यससँगै विश्व बैंकको प्रारम्भिक कोषको सबैभन्दा ठूलो रकम एसियाको तेस्रो ठूलो अर्थतन्त्र भएको भारतले प्राप्त गर्नेछ ।

जसअनुसार १ अर्ब डलर कोरोना महामारीविरुद्ध लड्न भन्दै भारतका लागि छुट्याइएको छ । उक्त कोषबाट पाकिस्तानका लागि २ करोड डलर छुट्याइएको छ । श्रीलंकाको लागि १ करोड २९ लाख डलर, अफगानिस्तानका लागि १ करोड र इथियोपियाका लागि ८२ लाख डलर रकम छुट्याइएको विश्व बैंकले जनाएको छ । यस्तै अर्जेन्टिना, कम्बोडिया, कंगो, हइटी, केन्या र यमन लगायत देशले पनि विश्व बैंकबाट न्युनतम रकम प्राप्त गर्नेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org