ताजा समाचार

पोखरामा कोरोनासंक्रमित भनेर आशंका गरिएका व्यक्तिको रिपोर्ट नेगेटिभ : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य मन्त्रालयले नेपालमा अहिलेसम्म ६ जनालाई मात्रै कोरोना संक्रमण भएको जनाएको छ ।

६ जनामध्ये एकजना निको भएर घर गइसकेको र बाँकी पाँचजना उपचारकै क्रममा रहेको बताए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबार पत्रकार सम्मेलन गर्दै भने, “अहिलेसम्म नेपालमा कुल ६ वटा कोरोना संक्रमणको केस फेला परेको हो । त्यसमा एकजना निको भएर फर्किइसकेका छन् । पाँचजना उपचारकै क्रममा छन् । दुईजना टेकुमा, दुईजना बागलुङ र एकजना धनगढीमा उपचारका क्रममा छन् ।”
उनले पोखरामा अहिलेसम्म कोरोना पोजेटिभ नभेटिएको बताए ।

उनले भने, “पोखराको केस पोजेटिभ केस होइन ।”

उनका अनुसार अहिलेसम्म नेपालमा १२० जना आइसोलेसनमा छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org