ताजा समाचार

विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५९ हजार नाघ्यो

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)का कारण ज्यान गुमाउनेको संख्या ५९ हजार नाघेको छ ।

शनिबार बिहान करिब ७ बजेसम्म कोरोनाका कारण विश्वभरमा ज्यान गुमाउनेको संख्या ५९ हजार १४१ छ ।

८ लाख १० हजार ४६० जना कोरोना संक्रमितको उपचार भइरहेको छ भने यसमध्ये ३९ हजार ४३९ को अवस्था गम्भीर छ । ७ लाख ७१ हजार २१ जनाको अवस्था मध्यम रहेको छ ।

२ लाख २८ हजार ४०५ कोरोना संक्रमित उपचारपछि निको भएर अस्पतालबाट घर फर्किसकेका छन् । अहिलेसम्म कोरोना संक्रमण देखिनेको संख्या १० लाख ९८ हजार ६ रहेको छ ।

कोरोनाका कारण सबैभन्दा धेरै इटलीमा १४ हजार ६८१ जनाको मृत्यु भएको छ । स्पेनमा ११ हजार १९८ जनाको ज्यान गइसकेको छ भने अमेरिकामा ७ हजार ३९२ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

नेपालमा पनि प्रवेश गरेको कोरोनाका कारण अहिलेसम्म कसैको पनि ज्यान गएको छैन । ५ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिने सबै विदेशबाट नेपाल आएका हुन् ।

संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरिरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org