ताजा समाचार

कैलाली, कञ्चनपुर र बागलुङ जिल्लामा ‘र्‍यापिड टेस्ट’ गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरसको ‘र्‍यापिड टेस्ट’ गर्ने निर्णय गरेको छ ।

आज(शनिबार) साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यी तीन जिल्लार्मा यापिड टेस्ट गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए ।

बैठकले कोभिड १९ पोजिटिभ देखिएको खण्डमा पीसीआरबाट रिकन्फर्म गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

शनिवार(आज) सम्ममा ९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

मन्त्री खतिवडाले लकडाउनका विषयमा आजको बैठकले कुनै निर्णय नगरेको जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org