ताजा समाचार

अमेरिकामा बाघमा पनि देखियो कोरोनाको संक्रमण

कोरोना भाइरसबारे विश्वले गरिरहेको प्रयासलाई नयाँ ज्ञान दिने दाबी

काठमाडाैँ । कोरोना भाइरस (कोभिड-१९) ले ज्यादै सताएको अमेरिकामा यसको संक्रमण चिडियाखानाको बाघमा पनि देखिएको छ।

काेराेनाकाे इपिसेन्टर बनेकाे अमेरिकाको न्युयोर्कस्थित ब्रोन्स चिडियाखानाको ४ वर्षे मलायन पोथी बाघमा कोरोना भाइरस ‘पोजिटिभ’ पाइएको हो।

चिडियाखानाका अनुसार आयोवास्थित राष्ट्रिय भेटेरिनरी सेवाको प्रयोगशालाले त्यस बाघको नमुना परीक्षण गर्दा कोरोना भाइरस रहेको पुष्टि भएको हो।

चिडियाखानामा काम गर्ने व्यक्तिबाट बाघमा काेराेना भाइरस सरेको अनुमान गरिएको छ।

‘हामीले अति सावधानीपूर्वक बाघको स्वास्थ्य परीक्षण गरिरहेका छौं,’ चिडियाखानाले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ,’ जसले कोरोना भाइरसबारे विश्वले गरिरहेको प्रयासलाई योगदान गर्ने विश्वास दिलाउन चाहन्छौं।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org