ताजा समाचार

लकडाउनका वेला दुई दिन काठमाडौंबाहिर जान दिने निर्णयमा प्रदेश ५ का मुख्यमन्त्रीको ‘असन्तुष्टि’

काठमाडाैँ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले काठमाडौंबाट बाहिर जानेलाई दुई दिन सवारीको व्यवस्था गर्ने सरकारको निर्णयमा असन्तुष्टि जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा मुख्यमन्त्री पोखरेलले लकडाउनको अर्थ लकडाउन नै हुने भन्दै काठमाडौंबाहिर जान दिनु मात्र सत्य नभएको बताएका हुन् । ‘काठमाडाैंबाहिर जान दिने र बाहिरबाट काठमाडाैं जान नदिने कुरा सत्य हाेइन हाेला,’ फेसबुकमा उनले लेखेका छन् । उनले बेखर्ची बनेकालाई बरु राहत दिनुपर्ने सुझाब दिएका छन् ।

त्यसैगरी उनले प्रदेश ५ का नागरिकलाई  ठाउँ नछाड्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘जो जहाँ छौँ त्यही बसौँ, समस्या भए वडा कार्यालयमा सम्पर्क गरौँ । ३ गतेपछि सीमित मात्रामा ठाउँ हेरी आउजाउ खोल्न सकिन्छ। धैर्य गरौँ।’

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयजकत्वमा बनेको कोभिड– १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबारको बैठकले शुक्रबार र शनिबार काठमाडौंबाट बाहिरिनेलाई सरकारले पुऱ्याइदिने निर्णय गरेको थियो । समितिको निर्णय सार्वजनिक भएपछि मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोखेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org