ताजा समाचार

कोरोना भाइरसः मृत्यु हुनेको संख्या ९५ हजार नाघ्यो, १६ लाख बराबर संक्रमित (कुन देशमा कति)

एजेन्सि । विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ९५ हजार ५०६ पुगेको छ। त्यस्तै हालसम्म १५ लाख ९५ हजार ३५० जनामा संक्रमण पुष्टि भइसकेको छ।

संक्रमितमध्ये ३ लाख ५४ हजार ६ जना निको भइसकेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा रहेको छ। निको हुनेमा सबभन्दा बढी चीनमा ७७ हजार ६७९ रहेका छन्।

यसैगरी अमेरिकामा थप १ हजार ९०० को ज्यान गएको छ। यससँगै त्यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६ हजार ४७८ पुगेको छ। त्यस्तै ४ लाख ६२ हजार १३५ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये २५ हजार ४१० निको भएका छन्।

पछिल्लो समय फ्रान्समा भाइरस तीव्र रूपमा फैलिरहेको छ। त्यहाँ एकैदिन १ हजार ३४१ ले ज्यान गुमाएका छन्। यससँगै ज्यान गुमाउनेको संख्या १२ हजार २२८ पुगेको छ। त्यस्तै १ लाख १८ हजार ७८१ मा संक्रमण पुष्टि भएको छ।

स्पेनमा थप ५ हजार २ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै थप ६५५ जनाको ज्यान गएको छ। यससँगै स्पेनमा ज्यान गुमाउनेको संख्या १५ हजार ४४७ पुगेको छ।

यता इटालीमा भने लगातार संक्रमण न्यून हुँदै गइरहेको छ। पछिल्लो २४ घण्टामा थप ४ हजार २०४ मा संक्रमण पुष्टि भएको छ। यससँगै १ लाख ४३ हजार ६२६ मा संक्रमण भइसकेको छ। त्यस्तै इटालीमा थप ६१० जनाको मृत्यु भएसँगै मृतक संख्या १८ हजार २७९ पुगेको छ।

कुन देशमा कति (आँकडा)

अमेरिका
संक्रमित: ४,६२,१३५
मृत्यु: १६,५१३
निको: २५,४१०

स्पेन
संक्रमित: १,५३,२२२
मृत्यु: १५,४४७
निको: ५२,१६५

इटाली
संक्रमित: १,४३,६६२
मृत्यु: १८,२७९
निको: २८,४७०

फ्रान्स
संक्रमित: १,१८,७८३
मृत्यु: १२,२२८

निको: २३,४४१

जर्मनी
संक्रमित: १,१८,२३५
मृत्यु: २,६०७
निको: ५२,४०७

चीन
संक्रमित: ८२,८८३
मृत्यु: ३,३३९
निको: ७७,६७९

इरान
संक्रमित: ६६,२२०
मृत्यु: ४,११०
निको: ३२,३०९

बेलायत
संक्रमित: ६५,८७२
मृत्यु: ७,९९३
निको: ३५९

टर्की
संक्रमित: ४२,२८२
मृत्यु: ९०८
निको: २,१४२

बेल्जियम

संक्रमित: २४,९८३
मृत्यु: २,५२३
निको: ५,१६४

स्वीजरल्यान्ड
संक्रमित: २४,०५१

मृत्यु: ९४८
निको: १०,६००

भारत
संक्रमित: ६,७२५
मृत्यु: २२६
निको: ६२०

नेपाल
संक्रमित: ९
मृत्यु: ०
निको: १

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org