ताजा समाचार

कोरोना भाइरस: भारतको लकडाउन बैशाख २१ गतेसम्म गर्ने प्रधानमन्त्री मोदीको घोषणा

काठमाडाैँ । कोरोनाभाइरसको जोखिम कम गर्न गरिएको लकडाउनलाई भारतले बैशाख २१ गते अर्थात मे ३ तारिखसम्म थप गरेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन्।

मोदीले यो लकडाउन पहिलेभन्दा कडा हुने र एप्रिल २० तारिखसम्म सबै बस्तीलाई निरीक्षण गर्ने र लकडाउनको पालना गर्दै कोरोनाभाइरस सङ्क्रमण हुन नदिने स्थानमा अत्यावश्यक कामका लागि सशर्त अनुमति दिन सकिने बताए।

मोदीले देशवासीको नाममा सम्बोधन गर्दै सरकारले लकडाउनको सम्बन्धमा बुधवार विस्तृत निर्देशिका जारी गर्ने पनि बताए।

भारतले मार्च २४ देखि लकडाउन गरेको हो। बुधवारसम्म भारतमा १०,४५३ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको र ३५८ जनाको मृत्यु भइरसकेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क छ।

भारतीय प्रधानमन्त्री मोदीले आफ्नो सरकारले गरेको निर्णयहरूले भारतमा कोरोनाभाइरसको प्रकोप कम गर्न मद्दत गरेको दाबी गरे।

उनले भने: “केही समय अगाडि भारतकै जस्तो अवस्थामा रहेका देशहरूको अवस्था खराव भएको छ भने भारत सम्हालिएको अवस्थामा छ। समयमा छिटो फैसला नलिएको भए भारतको अवस्था के हुन्थ्यो भन्ने सम्झँदा पनि डर लाग्छ।”

“भारतलाई सामजिक दूरी र लकडाउनले ठूलो फाइदा गरेको छ।”

उनले भारतले प्रभावित देशबाट आउने पर्यटकहरूको परीक्षण र १४ दिने क्वारन्टीनको निर्णय समयमै गरेको पनि बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org