ताजा समाचार

कैलालीमा फेरि अर्की किशोरीमाथि सामूहिक बलात्कार

काठमाडाैँ । कैलालीमा एक किशोरी सामूहिक बलात्कारमा परेको २० घण्टा नबित्दै अर्की किशोरीलाई सामूहिक बलात्कार गरिएको छ।

कैलाली प्रहरीका अनुसार कैलालीको भजनी नगरपालिकाकी १५ वर्षीया किशोरी मंगलबार साँझ सामूहिक बलात्कारमा परेकी हुन्।

गोठालो गएका बेला उनलाई तीन जना मिलेर बलात्कार गरेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न तीनै जनलाई पक्राउ गरिएको कैलालीका प्रहरी प्रवक्ता दक्ष बस्नेतले बताएका छन्।

उनका अनुसार घटनामा संलग्न जोशीपुर गाउँपालिका–४ का २२ वर्षका मंगल चौधरी, २९ वर्षका रामकुमार चौधरी, र ३१ वर्षका सुरेश कुमार चौधरीलाई पक्राउ गरिएको हो।

यसअघि सोमबार मध्यराति कैलालीकै गौरीगंगा नगरपालिका १ कि १७ वर्षीया किशोरीलाई पनि चार जनाले बलात्कार गरेका थिए। घटनामा संलग्न आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org