ताजा समाचार

विश्वभर कोरोना संक्रमितको संख्या २० लाख नाघ्यो

काठमाडाैँ । विश्वभर अहिलेसम्म कोरोना (कोभिड १९) बाट संक्रमित हुनेहरुको संख्या २० लाख नाघेको छ।

महामारीको रुप लिएको यो संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख २९ हजार ८४२ पुगेको छ। हालसम्मको तथ्यांकअनुसार अमेरिकामा सबैभन्दा बढी ६ लाख १८ हजार ३२५ जना संक्रमित भएका छन्। स्पेनमा एक लाख ७७ हजार भन्दा बढी संक्रमित भेटिएका छन्। तेस्रो स्थानमा रहेको इटलीमा अहिलेसम्म एक लाख ६५ हजार १५५ जना मानिसहरुमा कोरोना संक्रमण भएको छ।

ज्यान गुमाउनेको संख्याका हिसाबले अमेरिका सबैभन्दा अघि देखिएको छ। त्यहाँ अहिलेसम्म २६ हजार २९० जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ। इटलीमा २१ हजार ६४५ र स्पेनमा १८ हजार ५७९ जनाको मृत्यु भएको छ।  फ्रान्समा १५ हजार ७२९ र बेलायतमा १२ हजार ८६८ संक्रमितहरुको ज्यान गएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org