ताजा समाचार

महाकाली पारी धार्चुला क्‍वारेनटाइनमै आमाको कोरा बसेका वासुदेवलाई नेपाल ल्याउन गृहको पहल

काठमाडौं । दार्चुलास्थित घरमा आमा बितेपछि भारतको धार्चुलाको शिविरमा कोरामा बसेका वासुदेव भट्टलाई नेपाल ल्याउन गृह मन्त्रालयले पहल थालेको छ ।

यसका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आवश्यक समन्वय गर्न निर्देशन दिइएको छ ।

लकडाउनका कारण भारतमै अलपत्र परेका शैल्यशिखर नगरपालिका १ का वासुदेवकी आमा मंगलबार बितेकी थिइन् । लकडाउनका कारण आउन नपाएपछि उनी धार्चुलामा क्वारेन्टाइनमै कोरामा बसेका छन् । सञ्चारमाध्यममा उनको तस्बिरसहितको समाचारले सरकारी अधिकारीको समेत ध्यान तानेको हो ।

गृह प्रवक्ता केदारनाथ शर्माले दार्चुलाका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रक्रिया अगाडि बढाएको बताए । उनले बाह्खरीसँग भने, “हामी सम्पूर्ण रूपमा तयार भएर बसेका छौं । तर भारततर्फको कुरा भएकाले उहाँहरूले दिल्लीबाटै अनुमति पाउनुपर्ने बताएका छन् । भारतले अनुमति दिनेबित्तिकै हामी उहाँलाई घरमा पु¥याउँछौं ।”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org