ताजा समाचार

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार नाघ्यो

काठमाडौं । कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार नाघेको छ ।

विश्वभर माहामारीका रुपमा फैलिएको कोरोनाका कारण आज विहानसम्म ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार ४१० पुगेको छ ।

कोरोनाले सबैभन्दा धेरै अमेरिकामा ३४ हजार ५८० जनाको ज्यान गएको छ । इटालीमा २२ हजार १७०, फ्रान्समा १७ हजार ९२०, स्पेनमा १९ हजार ३१५, बेलायतमा १३ हजार ७२९ जनाको कोरोनाको कारण ज्यान गइसकेको छ ।

अहिले विश्वभर १४ लाख ८७ हजार ७५२ कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ५६ हजार ५७७ को अवस्था गम्भीर रहेकोे छ ।

चीनको वुहानबाट कोरोना देखिए यता अहिलेसम्म यसको संक्रमण २१ लाख ७९ हजार ९०५ जनामा देखिसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org