ताजा समाचार

नेको इन्स्योरेन्सका सिइओ खड्काले गरे समस्यामा परेका विद्यार्थीलाई खाद्यन्न सामाग्री सहयोग

काठमाडौं । कोरोना (कोभिड-१९) को जोखिम न्युनिकरणका लागी सरकारले घोषणा गरेको  लकडाउनका कारण समस्यामा परेकाहरुलाई नेको इन्स्योरेन्स प्रमुख कार्यकारी अधिकृत अशोक खड्काले सहयोग गरेका छन् ।

नेको इन्स्योरेन्स प्रमुख कार्यकारी अधिकृत खड्काले व्यक्तिगत रुपमा आफ्नो एक महिनाको तलब बराबरको खाद्यन्न त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरका विद्यार्थीहरुमा वितरण गरेका हुन् ।

लकडाउनको कारण त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा देशभरबाट आएका करिब ५ सयभन्दा बढी विद्यार्थीलाई खान समस्या भएको गुनासो सञ्चार माध्यमहरुमा आएपछि आफ्नो १ महिनाको तलबको राहत सामग्री सहयोग गरेका खड्काले जानकारी दिए ।

उनी विद्यार्थीहरुलाई भोजनको समस्या भएको भनी संचार माध्यमबाट खवर सुन्ने वित्तिकै सहयोग गर्नुपर्छ भनेर जुटेको थिए ।

जसमा सिइओ खड्काले विद्यार्थीहरुलाई १५ दिनको लागि आवश्यक खाद्यान्न २ सय बोरा चामल, ५ सय किलो दाल र ५ सय प्याकेट नुन सहयोग प्रदान गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org