ताजा समाचार

कोरोनाबाट विश्वभरमा १ लाख ६४ हजार ९३० को मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ६४ हजार ९३० पुगेको छ ।

सोमबार बिहानसम्म १६ लाख १५ हजार ४८४ जना कोरोना संक्रमणका विरामी उपचाररत छन् । ५४ हजार २२५ जनाको अवस्था गम्भीर रहेको छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।

सबैभन्दा धेरै अमेरिकामा ४० हजार ५३२ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ । इटलीमा २३ जहार ६६०, स्पेनमा २० हजार ४५३, फ्रान्समा १९ हजार ७१८ तथा बेलायतमा १६ हजार ६० जनाको ज्यान गइसकेको छ ।

नेपालमा भने अहिलेसम्म कसैले पनि कोरोको संक्रमणका कारण ज्यान गुमाउनु परेको छैन । नेपालमा हालसम्म ३१ जनाका कोरोना संक्रमण देखिएको छ । जसमा ४ जना निको भएर घर फर्किसकेका छन् ।

टेकु अस्पतालमा १ जना, वीरगन्जको नारायणी अस्पतालमा ४, भरतपुर अस्पतालमा २, धवलागिरि अस्पतालमा १, पाटन अस्पतालमा २ र कोसी अस्पतालमा, १३ जना अस्पतालको आइसोलेसनमा उपचाररत छन् । २७ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org