ताजा समाचार

अमेरिकामा ज्यान गुमाउनेकाे संख्या ४५ हजार नाघ्यो, ८ लाख भन्दा बढी संक्रमित

काठमाडौं । कोरोना भाइरसका कारण अमेरिकामा एकै दिन २७ सय भन्दा बढीको ज्यान गएको छ।

बुधबार विहान सार्वजनिक भएकाे तथ्यांकअनुसार अमेरिकमा एकैदिन २७ सय ६५ जनाले ज्यान गुमाएका छन्। अमेरिकमा मृत्यु हुनेको संख्या ४५ हजार २ सय भन्दा बढी छ।  आठ लाख १७ हजार संक्रमित पुगेका छन्। अमेरिकाको राजधानी न्यूयोर्कमा सबै भन्दा बढीले ज्यान गुमाएका छन्। त्यहाँ १९ हजार ६ सय ९३ जनाको मृत्यु भएको छ।

न्यूयोर्कमा २ लाख ५६ हजार ५ सय ५५ जना संक्रमित रहेको वल्डोमिटरको तथ्यांक छ। त्यस्तै न्यूजर्सीमा ४ हजार ७ सय ५३ जनाको मृत्यु भएको र ९३ हजार संक्रमित छन्।   अमेरिका पछि इटालीमा ज्यान गुमाउनेको संख्या सबैभन्दा बढी छ।  इटालीमा २४ ह्जार ६ स ४८ जनाको मृत्यु भएको छ। स्पेनमा १ लाख ८३ हजार ९ सय ५७ संक्रक्रित छन्।

त्यस्तै अर्को युरोपेली देश स्पेनमा २१ हजार २ सय ८२ जनाको मृत्यु भएको ५ भने २ लाख ४ हजार १ सय १७ संक्रमित छन्।  फ्रान्समा २० हजार ७ सय ९६ जनाको ज्यान गइसकेको छ। फ्रान्समा स्रक्रमितको संख्या १ लाख ५८ हजार ५० छ। त्यस्तै बेलायमा १७ हजार ३ सय ३७ जनाको मृत्यु भएको छ। त्यहाँ १ लाख २९ हजार संक्रमित छन्।  विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार ४ सय २ छ। संक्रमितको संख्या २५ लाख ५४ हजार ५ सय ६८ रहेको छ। विश्वभर ६ लाख ९० हजार भन्दा बढी मानिस निको भएर घर फर्किएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org