ताजा समाचार

बिहे खर्च कटाएर काफ्लेले राहत कोषमा जम्मा गरे दुई लाख रुपैयाँ

काठमाडौं । नेपाल विद्यार्थी संघमा पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले आफ्नो बिहेखर्च कटाएर दुई लाख रुपैयाँ सरकारले स्थापना गरेको राहत कोषमा जम्मा गरेका छन्।

आइतवार अक्षय तृतीयाका दिन विवाह बन्धनमा बाँधिएका काफ्लेले बिहे खर्च कटौती गरेर जोगाएको दुई लाख रुपैयाँ स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई सोमबार हस्तान्तरण गरेका हुन्।

नेपाली कांग्रेसका युवा नेतासमेत रहेका काफ्ले र उनकी नवदुलही मेनुका अधिकारी उक्त रकम हस्तान्तरण गरेका हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org