ताजा समाचार

बुढानिलकण्ठमा सुमो मायाद्वारा दैनिक उपभोग्य सामाग्री वितरण

काठमाडाैँ । बुढानिलकण्ठ नगरपालीका वडा नं ११ मा सुमो माया संस्थाले राहात सामाग्री वितरण गरेको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना (कोभिड-१९) को जोखिम न्युनिकरण गर्नका लागी यति बेला लकडाउन छ ।

लकडाउनका कारण दैनिक ज्याला मज्दुरी गरेर जिविको पार्जनगर्ने मज्दुर बर्गलाई  साँझ-विहान छाक टार्न गाह्रो भएको बर्गलाई लक्षित गरी  सुमो मायाकी निर्देशक क्यासि मोक्स र संस्थाका नेपाल  मेनेजर पेम्बा छिरिङ शेर्पाले बुढानिलकण्ठ नगरपालीका वडा नं ११ मा राहात वितरण गरीएको हो ।

राहात वितरण कार्याक्रममा संस्थाका नेपाल मेनेजर शेर्पा, वडा नं ११ का अध्यक्ष र समाजसेवी सोनाम शेर्पालगाएतको उपस्थीति रहेको थियो ।

संस्थाका मेनेजर शेर्पाले भने सामाजिक काममा क्रियाशिल हाम्रो संस्थाले आगामी दिनमा पनि यस्तै समाजिक समस्याको सारथी बन्दै जाने बताए ।

 

 

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org