ताजा समाचार

नेकपाको विवादबारे महराले भने : जनता निराश भए, कोरोनाविरुद्ध लडौँ

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले कोरोना भाइरसविरुद्ध लड्नुपर्ने बेलामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा देखिएको विवादले जनता निराश भएको बताएका छन्।

नेकपामा केही सातादेखि जारी रडाको बारे बुधबार विज्ञप्तिमार्फत आफ्नो धारणा राख्दै महराले अहिलेको अवस्थामा कोरोनाविरुद्ध लड्नुपर्नेमा जोड दिएका छन्।  उनले महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण देशलाई लकडाउनमा लैजाँदा देशको अर्थतन्त्र पनि धरासायी अवस्थामा पुगेकोतर्फ ध्यानाकर्षण गराएका छन्। उनले यो बेला राष्ट्रिय एकता अपरिहार्य भएकोमा पनि जोड दिएका छन्।

‘अहिलेको विषम परिस्थितिमा राष्ट्रिय एकता अपरिहार्य देखिएको छ। हालको अवस्थामा सबै दल र जनसुदाय मिलेर कोरोना भाइरसविरुद्ध संघर्ष गर्ने बेला हो’, उनले भनेका छन् ,’मुलुककै सबैभन्दा ठूलो तथा सरकार सञ्चालन गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवादले आमजनता निराश बनेका छन्’, उनले भनेका छन्, ‘यस्तो जटिल अवस्थामा दलहरुबीच एकता र सहकार्य हुनपर्नेमा विवाद देखिनुलाई राम्रो मान्‍न सकिँदैन।

‘ महराले दलहरुबीच एकता कायम गर्नुपर्नेमा जोड दिएका छन्। ‘दलहरुबीच आन्तरिक एकता कायम गरेर संवाद, सहमति र सहकार्यबाट अगाडि बढ्न म हार्दिक अपील गर्दछु’, उनले भनेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org