ताजा समाचार

बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन

काठमाडौं । बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन भएको छ ।

बीबीसीका अनुसार ६७ वर्षको उमेरमा उनको निधन भएको हो । मंगलबार बिरामी भएपछि उनलाई मुम्बईको रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियो । ऋषि कपुरका दाइ रणधीर कपूरले बीबीसीसँग मृत्युको पुष्टि गरेका छन् ।

उनी क्यान्सरका बिरामी थिए । उनलाई पछिल्लो समयमा श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

ऋषि कपुर अभिनेता राज कपुरका छोरा हुन् । ऋषिले सन् १९७३ बाट चलचित्र यात्रा सुरु गरेका थिए । उनको पहिलो चलचित्र ‘बबी’ हो । यसका साथै उनलाई ‘श्री ४२०’, ‘मेरा नाम जोकर’ मा पनि उनले अभिनय गरेका थिए ।

उनले अभिनय गरेको चलचित्र ‘मेरा नाम जोकर’ ले नेसनल अवार्ड जितेको थियो । यसमा उनी बाल कलाकारका रुपमा थिए भने उनका बुवा राज कपुर मुख्य भूमिकामा थिए ।

सन् १९७३ देखि २००० सम्म उनले खेलेका ३६ वटा चलचित्र बलिउड बक्स अफिसमा हिट भएका थिए । चलचित्र करिअरमा उनले ९२ वटा चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका छन् ।

‘दुई दुनी चार’ बाट उनले ‘फिल्म फेयर क्रिटिक्स फर बेस्ट एक्टर’ अवार्ड हात पारेका थिए ।

बुधबार अभिनेता इरफान खानकाे निधन भएकाे थियाे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org