ताजा समाचार

थर्मल गन कालोबजारी गर्ने अग्रवालसँग २५ लाख ५० हजार धरौटी माग

काठमाडौं । थर्मल गन कालोबजारीको अभियोग लागेका व्यवसायी सुलभ अग्रवालसँग जिल्ला अदालत काठमाडौंले २५ लाख ५० हजार धरौटी माग गरेको छ ।

बिहीबार न्यायाधीश ब्रजेश प्याकुरेलको इजलाशले अग्रवाललाई २५ लाख ५० हजार धरौटी लिई छाड्न आदेश गरेको हो ।

अदालतका स्रेस्तेदार आनन्द श्रेष्ठले अग्रवालसँग सो रकम धरौटी माग भएको जानकारी दिए । अग्रवालविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले कालोबजार तथा केही अन्य सार्वजनिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार मंगलबार जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। बुधबारबाट उनको थुनछेक बहस सुरु भएकोमा बिहीबार धरौटी माग गर्ने आदेश भएको हो ।

गत चैत २५ गते महानगरीय अपराध महाशाखाको टोलीले अग्रवाललाई आफै थर्मल गनको ग्राहक बनी उनलाई पक्राउ गरेको थियो

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org