ताजा समाचार

लोकसेवा आयोगका परीक्षा र विज्ञापन स्थगित

काठमाडौं । नेपाल सरकारले लोकसेवा आयोगले सञ्‍चालन गर्ने परीक्षा र पदपूर्तिसम्बन्धी व्यवस्था अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

नेपाल सरकारको यस साता बसेको बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्‍चार तथा सूचना प्रविधि र अर्थमन्त्री युवराज खतिवडाले बिहीबार भने, “रिक्त दरबन्दी पदपूर्ति गर्न लोक सेवा आयोगबाट भएको विज्ञापनअनुसार परीक्षा सञ्‍चालन हुन बाँकी रहेका र पदपूर्तिका लागि विज्ञापन आह्वान गर्न बाँकी रहेका सम्पूर्ण पदपूर्तिसम्बन्धी कार्य अर्को व्यवस्था नभएसम्म हाललाई स्थगित गर्न लोक सेवा आयोगलाई अनुरोध गर्ने मन्त्रिपरिषद्‌ले निर्णय गरेको  छ ।”

त्यसैगरी सरकारले संघ, प्रदेश र स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्वेक्षण अत्यावश्यक बाहेक अन्यको हकमा अर्को व्यवस्था नभएसम्म हाललाई स्थगित गर्नेसमेत निर्णय गरेको छ ।

कोरोना भाइरस (कोभिड-१९) को उपचारवापत अस्पतालहरूलाई अनुदान उपलब्ध गराउनेसम्बन्धी आदेश, २०७७ स्वीकृत गर्ने निर्णय सरकारले गरेको प्रवक्ता खतिवडाले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org