ताजा समाचार

वैशाख २६ गते संसदको बजेट अधिवेशन बोलाउने सरकारको निर्णय

काठमाडाैँ ।  सरकारले  वैशाख २६ गते संसदको बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपिरषद् बैठकले २६ गते ४ बजे अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने एक मन्त्रीले जानकारी दिए।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गर्नेछन्।

सामाजिक दूरी कायम गरी संसदको अधिवेशन गराउन व्यवस्था मिलाइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत बिहीबार संसद भवनको बैठक चलाउन भइरहेको तयारीबारे निरीक्षण गरेका थिए।

संवैधानिक व्यवस्थाअनुसार सरकारले हरेक वर्ष जेठ १५ गते आगामी वर्षको बजेट सार्वजनिक गर्नु पर्छ।

बजेट ल्याउनुअघि सरकारले संसदमा नीति तथा कार्यक्रम ल्याउनुपर्छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org