ताजा समाचार

नेपालगञ्जमा भोलिदेखि २५ गतेसम्म कर्फ्यू

नेपालगञ्ज। कोरोना भाइरस स‌ंक्रमितको संख्या बढेपछि बाँकेको नेपालगञ्जमा निषेधाज्ञा जारी गरिएको छ।

आज बसेको जिल्ला सुरक्षा समिति र सरोकारवालाको बैठकपछि स्थानीय प्रशासन ऐनअनुसार प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले निषेधाज्ञा जारी गरेका हुन्।

भोलि बिहान ११ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म हुनेगरी लगातार तीन दिन निषेधाज्ञा जारी गरिएको हो।

यसैगरी, रानीतलाउमा रहेको सब्जी मण्डी र बीपीचोकस्थित् नेपालगञ्ज मेडिकल कजेलसँगैको सब्जी मण्डी बन्द गरिने भएको छ।

निषेधाज्ञासँगै परीक्षणको दायरा बढाउने नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापाले बताइन्।

उनले नगरवासीलाई निषेधाज्ञा पालनाका लागि लिखित अपील गरिसकेको बताएकी छन्।

नेपालगञ्ज उपमहानगरपालिका–८ महेन्द्रपार्कस्थित् अन्सारी टोलमा हिजो एकैदिन १५ जनामा कोरोना भाइरस संक्रमण देखिएको थियो। त्यसअघि त्यहाँ एकजनामा संक्रमण देखिएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org