ताजा समाचार

सरकारलाई प्याप्सनको अनुरोधः आन्तरिक मुल्याङकनका आधारमा एसइइको प्रमाण-पत्र दिने व्यवस्था मिलाउ

काठमाडाैँ । निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल ( प्याप्सन) ले कक्षा १०  एसईई को लागी आन्तरीक मुल्याङकनका आधारमा राष्ट्रिय परिक्षा बोर्डले प्रमाणीकरण र ग्रेड शिट प्रमाण-पत्र दिने व्यवस्था मिलाउन सरकारलाई अनुरोध गरेको छ ।

प्यापसनले प्रेस विज्ञप्ती जारी गर्दै आन्तरिक मुल्याङकनका आधारमा प्रमानीकरण र ग्रेड शिट प्रमाण-पत्र प्रदान गर्ने कानुनी अड्चन फुकाउ गर्न सरकारलाई अनुरोध गरेको हो ।

कोरोना महामारीका कारण परीक्षा स्थगन हुँदा विद्यार्थी र अभिभावकमा मानसिक तनाव र अन्यौल सिर्जना भएको उल्लेख गर्दै प्याब्सनका अध्यक्ष टीकाराम पुरीले आज विज्ञप्ति जारी गरी कानूनी बाधा अड्चन हटाई आन्तरिक मूल्याकंनलाई आधार मान्ने गरी आवश्यक निर्णय गर्न नेपाल सरकारसँग आग्रह गरेका छन्।

गत चैत ६ गतेदेखि हुने तय भएको सो परीक्षा चैत ५ गतेको कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगन भएको थियो। त्यसपछि कक्षा ११ र १२ का परीक्षा पनि स्थगन गरिएका छन्।

प्रेस विज्ञप्ती

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org