ताजा समाचार

प्रधानमन्त्रीको लिखित निर्देशन,संसद्‍मा एक भएर प्रस्तुत हुनू !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा एक भएर प्रस्तुत हुन पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् ।

कोरोना सङ्क्रमणको भयका कारण संसदीय दलको बैठक बस्न नसकेपछि प्रधानमन्त्री ओलीले सबै सांसदहरूलाई लिखित निर्देशन दिएका छन् ।

संसदका दुवै सदनका बैठकहरू छोटा, छरिता र मर्यादित एवम् विषय केन्द्रित हुनुपर्ने र संसदमा हाम्रो दलको एकता र विषयगत एकरूपता स्पष्ट देखिनुपर्ने आवश्यकताहरूलाई माननीयज्यूले बुझ्नु नै भएको छ । अन्य साना भेटघाट, छलफल, औचित्य, आवश्यकता र सम्भावना हेरी आयोजना गरिने नै छ,” संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्रीले निर्देशनमा भनेका छन् ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटमा संसदीय दलको बैठक नबोलाउने समझदारी भएको थियो

“संसदीय दलको बैठक बस्न सम्भव भएन । बैठक बसाउने बारेमा कुराकानी भएको पनि हो । आज बिहान दुई अध्यक्षहरू, महासचिव विष्णु पौडेल, म, राष्ट्रियसभा संसदीय दलका नेता नेता दिनानाथ शर्मा, मुख्य सचेतक खिमलाल भट्टराई, तल्लो सदनका सचेतक देव गुरुङ, शान्ता चौधरी समेत बालुवाटारमा साढे ९ बजे बैठक बसेका थियौं,” भेटमा रहेका नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिएका थिए ।

तल्लो र माथिल्लो सदन गरी नेकपाका २ सय २० सांसद रहेको बताउँदै भौतिक, सामाजिक दुरी कायम गरेर बैठक बसाउन मिल्ने हल नै नभएको बस्न सम्भव नभएको नेम्वाङको तर्क थियो । “त्यहाँ बैठक बस्ने हल ल्होत्से हो । त्यहाँ चारपटक बसाउनुपर्छ ” उनले असुविधा जनाउँदै  भने

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org