ताजा समाचार

गीतः धरतीमा टेकी आकाश ताक्ने अल्लारे मेरो याैवन हो दोषी

गीत

ती भुलहरु फिर्ता गर, सबै-सबै लिएर जान्छु
ती गुणहरु सम्हाली राख, सबै-सबै दिएर जान्छु
नभन मलाई हरामी थियो
नभन मलाई बद्नामी थियो

कतै होसमा बिराएँ,कतै जोसमा बिराएँ
बैँसको आँधी उर्लेर आदँदा, मदहोस भई बिराएँ
नबोल्नुपर्ने बोली बोली बिराएँ
ती भुलहरु…….
सपना देख्ने आँखा दोषी हो, रहर बोक्ने मन हो दोषी
धरतीमा टेकी आकाश ताक्ने अल्लारे मेरो याैवन हो दोषी
हातहरुले घात गरेँकी
मर्यादा नाघी बात गरेँकी
ती भलहरु…..

शब्द रचनाः भूपाल आचार्य
                      शिक्षक

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org