ताजा समाचार

गीतः देशको नक्सा आज किन मधुरो पो देख्छु !

 गीत
                            शब्द रचना : भूपाल आचार्य
देशको नक्सा आज किन मधुरो पो देख्छु
माटो कतै हरायो कि अधुरो पो देख्छु
वीर जाति गोर्खालीको विवेक कहाँ चुक्यो ?
सगरमाथा शिखरको शिर किन झुक्यो ?
देशको भूगोल आज फेरि टुहुरो पो देख्छु
माटो कतै हरायो कि अधुरो पो देख्छु
देशको नक्सा ……..
जित्यौँ भनी उत्ताउलो, हार्यौँ भनी खिन्न
एकजुट भई उठ्ने बेला किन छिन्न-भिन्न
देश बाँचे हामी बाँच्छौँ, एउटै कुरो लेख्छु
माटो कतै हरायो कि अधुरो पो देख्छु
देशको नक्सा …………

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org