ताजा समाचार

नारायणकाजी श्रेष्ठ भन्छन्– आवश्यक परे मेरो सुरक्षामा खटिएका सुरक्षाकर्मी लैजानु

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो सुरक्षार्थ खटिएका सुरक्षाकर्मी राज्यलाई लैजान आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै राज्यको आवश्यकताका लागि आफ्नो सुरक्षार्थ खटिएका सुरक्षाकर्मी लैजान सक्ने जनाएका हुन ।

उनले ट्वीटरमा लेखेका छन– ‘मैले पूर्वगृहमन्त्रीले लिने गरेको गाडी र तेल सुबिधा शुरुदेखि नै लिईन । सशस्त्र बलको पछुवा गाडी र सुरक्षाकर्मी आवश्यक नभएको ठानी केही समयपछि मैले नै जोड गरेर फर्काएँ । तर गत चुनाव अघि राज्यको सुरक्षा संयन्त्रले सुरक्षाको कारणले राख्न अनुरोध गरेकाले राखिएको हो ।

‘ उनले लेखेका छन- ‘थाहै छ,म पछुवा नियमित प्रयोग गर्दिन । मैले आफुलाई सुरक्षा खतरा महशुष गरेको छैन । राज्य संयन्त्रले त्यस्तो आँकलन गरेको छ भने पनि मेरो भन्दा राष्ट्रको सुरक्षा महत्वपुर्ण हुन्छ । त्यसैले राज्यको आवश्यकताकालागि कुनै पनि क्षण फिर्ता लैजान अनुरोध छ । यसबाट राज्यलाई अप्ठेरो परेकोभए क्षमा याचना ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org