ताजा समाचार

गीतः हँसिलो मुहार दन्तका लहर मन चिर्ने करौँती

गीत
शब्द रचना : भूपाल आचार्य
ऐनामा मात्र सुन्दर हो मान्छे मनमा कुरूप
बिपत्ति पर्दा देखिन्छ उसको असली स्वरूप

हँसिलो मुहार दन्तका लहर मन चिर्ने करौँती
आमालाई पनि हरण गरी माग्दछ फिरौती
तस्वीरमा मात्रै सफेद हो मान्छे मनमा बिरूप
बिपत्ति पर्दा देखिन्छ उसको असली स्वरूप
ऐनामा मात्र ……..
मुखमा राम जपेर भित्र खुकुरी चलाउँछ
अग्नीलाई साक्षी राखेर अाफ्नै प्रियसी जलाउँछ
सालिकमा मात्र एउटा हो मान्छे मनमा द्विरूप
बिपत्ति पर्दा देखिन्छ उसको असली स्वरूप
ऐनामा मात्र ………….

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org