ताजा समाचार

काठमाडाैँमा बस्ने रुकुम पुर्वका विद्यार्थी र मज्दुरलाई सांसद रोकाद्वारा राहात वितरण

काठमाडाैं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य  कमला रोकाले रुकुम पूर्वबाट काठमाडाैं आएर समस्यामा परेका ज्यालामजदूरी गरेर खाने र विद्यार्थीलाई राहत उपलब्ध गराएकी छन् ।

काठमाडाैंको गोलढुंगामा विभिन्न प्रयोजनमा बसोवास गर्ने रुकुम पूर्वका ५१ परिवारलाई सांसद रोकाले चामल उपलब्ध गराएकी हुन् ।

कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा रोकथामका लागि सरकारले जारी गरेको लकडाउन लम्बिदै जाँदा समस्यामा परेका आफ्ना निर्वाचन क्षेत्रका नागरिकलाई राहत उपलब्ध गराएकी हुन् ।

राहत लिएर गोलढुंगा पुगेकी सांसद रोकाले सरसफाईमा विशेष ध्यान दिन आग्रह गर्दै आफ्ना नागरिकलाई भोकै मर्न नदिन सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । यस्तै, राहत लिएर पुगेकी सांसद रोकालाई उनका मतदाताले माला लगाएर स्वागत गरेका छन् ।

राहत पाएपछि खुशी भएका रुकुम पूर्वका जनताले माला लगाएर उनलाई धन्यवाद दिएका थिए ।

लकडाउनका कारण दैनिकी चलाउन मुस्किल बनेका आफ्ना मतदातालाई सांसद रोकाले सम्पर्क गर्न आग्रह समेत गरेकी छन् ।

सञ्जय कक्षपती, श्याम श्रेष्ठ, कमल सिटौला, गोपाल महर्जन, छेवाङ लामा र सुरतजङ मल्ल लगाएत व्यापारीहरुले राहत सहयोग गरेको रोकाले जनाइन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org