ताजा समाचार

सेनाले चीनबाट १९ टन स्वास्थ्य सामाग्री ल्यायो

काठमाडौं । नेपाली सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री मध्ये १८.८४ टन सामग्री नेपाल आइपुगेको छ ।

नेपाल एयरलाइन्सको वाइडवडी विमानमार्फत सेनाले मंगलबार बिहान स्वास्थ्य सामग्री नेपाल ल्याएको हो ।

जंगीअड्डा स्रोतका अनुसार, पीसीआर परीक्षणका लागि चाहिने किट, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई), एन ९५ मास्क, ग्लोब्सलगायतका सामान यो चरणमा आएका छन् ।

यसअघि पहिलो चरणमा चीनको ग्वान्झाओबाट २२, २४ र २५ वैशाखमा काठमाडौंका लागि हिँडेको सेनाको कन्टेनरले शनिबार ९ टन स्वास्थ्य सामग्री काठमाडौं ल्याइसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org