ताजा समाचार

गीतःठिकै छ साथी जिन्दगी यहाँ चलेकै छ, जसोतसो चुलोमा आगो बलेकै छ !

       गीत

शब्द रचना : भूपाल  आचार्य
ठिकै छ साथी जिन्दगी यहाँ चलेकै छ
जसोतसो चुलोमा आगो बलेकै छ
सहर पस्दा देखेका सपना सहिद भए त के भयो
साँघु तर्दा खाएका कसम सती गए त के भयो
रहरको झालमा आशाको कैँडो फलेकै छ
जसोतसो चुलामा आगो बलेकै छ
ठिकै छ साथी ………….
बदनामको टीको लाउनु नपरोस्, हरामको अन्न खानु नपरोस्
पराइसामु दुई हात जोडी यो शिर झुकाई बाँच्नु नपरोस्
नसा-नसामा इमानको रगत बगेकै छ
जसोतसो चुलामा आगो बलेकै
ठिकै छ साथी……..

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org