ताजा समाचार

रूपन्देहीमा उपचाररत गुल्मीका कोरोना संक्रमितको मृत्यु

नेपालमा ज्यान गुमाउनेको संख्या तीन पुग्यो

काठमाडाैँ । रूपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ।

भेन्टिलेटरमा उपचाररत गुल्मीको मदाने गाउँपालिका-६ का ४१ वर्षीय शिक्षकको बिहीबार बिहान मृत्यु भएको अस्पतालले घाेषणाा गरेकाे हाे।

‘आज बिहान ७ बजेर १० मिनेटमा उनकाे मृत्यु भएको हो,’ अस्पतालकाे भनाइ उधृत गर्दै प्रदेश ५ को अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख  डा. उमाशंकर चौधरीले बिहीबार बिहान  भने।

शव व्यवस्थापनका लागि अहिले बैठक बस्ने तयारी भइरहेको डा. चौधरीले जानकारी दिए।

कतिपय सञ्चारमाध्यमले हिजै बुधबार उनकाे मृत्यु भएकाे समाचार सार्वजनिक गरेका थिए। तर त्याे खबर सत्य नभएकाे भन्दै क्रिमसन अस्पतालले खण्डन गरेकाे थियाे।

यो कोरोनाबाट नेपालमा भएको तेस्रो मृत्यु हो। यसअघि सिन्धुपाल्चाेक बाह्रबिसेकी सुत्केरी र बाँके नरैनापुरका युवककाे काेरानाबाट मृत्यु भइसकेकाे छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org