ताजा समाचार

भारतीय विस्तारवादले हाम्रो सार्वभाैमिकता सामु घुँडा टेक्ने निश्चित छः युवा नेता सेर्पाली

हाम्रो देशको संचारमाध्यामका ठालु कहलाउँदा केही संचार गृहहरु राष्ट्रियताको मामलामा कीन मौन ?

काठमाडाैँ ।  सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) युवा नेता तथा प्रदेश नं ५ नेकपा प्रदेश कमिटी सदस्य सुवोधराज सेर्पालीले  राष्ट्रियताको पक्षमा हिम्मतका साथ आम नागरिकलाई चुनौतीको सामना गर्नको लागि आव्हान गरेको छ ।

युवा नेता सेर्पालीले सामाजिक सन्जाल फेसबुका स्टाटस लेख्दै नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि नेपालको राष्ट्रियतामाथी भारतीय मिडियाहरु सम्पूर्ण बल लगाएर धावा बोलिरहेको बेला हाम्रो देशको संचारमाध्यामका ठालु कहलाउँदा केही संचार गृहहरु भने मौन बस्नु आपत्तिजनक हो ।

उनले भने यतिबेला सत्तारुढ दल नेपाल कम्युनिष्ठ पार्टी (नेकपा)  र सरकारले चालेको  राष्ट्रियताको पक्षमा ऐतिहासिक कदम भएकोले आमनागरिकको साथ जरुरी चाहिएको छ । । यतिबेला हिम्मतकासाथ सरकारले सत्यको वकालत गरेको छ एक प्रकारले आम नागरिकलाई चुनौतीको सामना गर्नको लागि आव्हान गरेको छ । सबैखाले परिस्थिति झेल्नका लागि । सँगसँगै हाम्रो सामु सुनौलो अवसर पनि आएक छ कि आफुलाई शक्तिशाली नेपालीको हैसियतमा प्रमाणित गर्ने बेला आएको छ । देशको स्वाधिनता र स्वाभिमानका लागि सबै एकढिक्का बनेर यो लडाइ जित्ने । विस्तारबादले हाम्रो सामु घुँडा टेक्ने कुरा निश्चित छ ।

सामाजीक सञ्जालमा पोष्ट गरेको विचार जस्ताको तस्तैः

नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि नेपालको राष्ट्रियतामाथी भारतीय मिडियाहरु सम्पूर्ण बल लगाएर धावा बोलिरहेको बेला हाम्रो देशको संचारमाध्यामका ठालु कहलाउँदा केही संचार गृहहरु भने मौन छन् । मानौँ कि भारत उनीहरुको भकारी हो उ अहिले शोकमा दुबेको छ त्यसैले मौन बसेर नै उसको साथ दिएको झैँ गरेर । यो बेला मौन हैन नेपालका मुद्दा लाई विश्वसामु प्रभाबकारी रूपमा प्रस्तुत गर्ने बेला हो । त्यसैले खबरदारी गरौं यो बेला देशको पक्षमा नबोल्ने नउभिने चाहे मिडीया हुन् चाहे राजनितीक नेतृत्व हुन् वा संघ संस्थाहरु हुन् सबैको पुस्तौ पुग्नेगरी हिसाब राखौं । हुनत यतिबेला भारत आफैले यो मुद्दालाई सकारात्मक वा नकारात्मक ढंगले अन्तरास्ट्रियकरण गरिसकेको छ । भारतले बुझे हुन्छ हामीलाई कसैको हस्तक्षेप स्वीकार छैन नकी कसैको हैकम वा इसारा । हामी आफैमा सहि छौं । भारत नेपाली सँग डराएको छ, सत्तारुढ (नेकपा) सँग डराएको छ अनि नेपाल सरकारको निर्णयसँग डराएको छ । जेहोस इतिहास फर्केर हेर्न बाध्य भएको छ । सरकारको कदममा नागरिकको साथ जरुरी चाहिएको छ । यतिबेला हिम्मतकासाथ सरकारले सत्यको वकालत गरेको छ एक प्रकारले आम नागरिकलाई चुनौतीको सामना गर्नको लागि आव्हान गरेको छ । सबैखाले परिस्थिति झेल्नका लागि । सँगसँगै हाम्रो सामु सुनौलो अवसर पनि आएक छ कि आफुलाई शक्तिशाली नेपालीको हैसियतमा प्रमाणित गर्ने बेला आएको छ । देशको स्वाधिनता र स्वाभिमानका लागि सबै एकढिक्का बनेर यो लडाइ जित्ने । विस्तारबादले हाम्रो सामु घुँडा टेक्ने कुरा निश्चित छ ।#लिलिका_हाम्रो_हो

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org