ताजा समाचार

प्रदेश ५ का दुई सांसदमा आरडिटीबाट देखियो कोरोना

काठमाडाैँ  । प्रदेश ५ का दुई सांसदमा आरडिटीबाट गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ।

सामाजिक विकास मन्त्रालयले मेडिकल ल्याबरोटरी एसोसिएसन अफ नेपाल (मेलान)को प्राविधिक सहयोगमा बिहीबार प्रदेशका मुख्यमन्त्रीलगायत मन्त्री, प्रदेश सांसद, कर्मचारी, सुरक्षा निकाय तथा पत्रकारहरुमा आरडिटी परीक्षण गरेको थियो।

शुक्रबारदेखि सुरु हुने बजेट अधिवेशनअघि गरिएको परीक्षणमा दुई सांसदसहित ११ जनाको रिपोर्ट पाजिटिभ आएको प्रदेशसभा सचिवालयका प्रवक्ता श्यामप्रसाद श्रेष्ठले जानकारी दिए।

उनका अनुसार दुई सांसद, एक सचिवालयका कर्मचारी र अन्य ८ जना सांसदका स्वकीय सचिव तथा सुरक्षागार्डमा कोरोना पोजेटिभ देखिएको हो। ४० जना पत्रकारमा परीक्षण गरिएकामा भने सबैको रिपोर्ट नेगेटिभ आएको मेलानका प्रदेश ५ उपाध्यक्ष मन श्रेष्ठले जानकारी दिए । उनका अनुसार बिहीबार ४ सय जनामा आरडिटी गरिएको छ।  पोजिटिभ देखिएकाहरुलाई क्वारेन्टाइनमा राखेर पिसिआर परीक्षण गर्न स्वाबसमेत संकलन गरिएको छ। प्रदेश ५ को बजेट अधिवेशन भोलि दिउँसो एक बजेका लागि आह्वान गरिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org