ताजा समाचार

एकैदिन बाँकेका २१ जना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या ७० पुग्यो

काठमाडाैँ । बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष आइसोलेसनमा रहेका २७ जना कोरोना संक्रमितमध्ये २१ जनाको दोस्रो रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको छ ।

दोस्रो पटक पनि कोरोना जाँच गर्दा नेगेटिभ नतिजा आएपछि उनीहरुलाई शुक्रबार घर पठाइएको डाक्टर राजन पाण्डेले बताए ।

डिस्र्चाज हृुनेहरुमा ९ जना महिलासहित १२ जना पुरुष रहेका छन् । जसमा तीन जना बालक रहेका छन् ।

डिस्चार्ज हुनेमा पहिलो संक्रमित भनिएका भएका ६० वर्षीय वृद्ध पनि छन् । उनीहरु सबै नेपालगन्ज उपमहानगरपालिका–८ अन्सारी टोलका रहेको डा. पाण्डेले बताए । आइसोलेसनबाट डिस्चार्ज हुँदै गदाए उनीहरु सबैको अनुहारमा खुसी छाएको थियो ।

देशमै पहिलोपटक ठूलो संख्यामा कोरोना संक्रमित निको भएर घर फर्किएका हुन् । योसँगै नेपालभर निको हुनेको संख्या ७० पुगेको छ । कोरोनालाई जितेर घर फर्किंदा उनीहरुमा मुहार बेग्लै उत्साह थियो । पालैपालो स्वास्थ्यकर्मीले गम्छा अनि हातमा फूल थमाए ।

स्वास्थ्यकर्मीले उनीहरले घरमा बसेर के गर्ने ? के नगर्ने भन्ने तालिका दिएर पठाएका छन् । कोरोनामुक्त हुनेहरु सबै नेपालगन्जका हुन ।

बाँकेमा गत वैशाख १९ गते पहिलोपटक नेपालगन्ज उपमहानगरपालिकाका ६० वर्षीय वृद्धमा कोरोना पोजेटिभ पाइएको थियो । बाँकेमा अहिलेसम्म १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये नरैनापुरका २५ वर्षीय युवकको मृत्यु भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org