ताजा समाचार

२० कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं । नोभेल कोरोना भाइरसका २० संक्रमित थपिएका छन् ।

आज कोरोना संक्रमितमा पाँच जना सुदूरपश्‍चिमका रहेका छन् ।

सेती प्रादेशिक अस्पतालमा भएको प्रयोगशालामा कोरोना परीक्षणमा कैलालीमा तीन जना १९, २३ र २६ वर्षीय पुरुष रहेका छन । डडेल्धुराका २८ वर्षीय १ जना, बैतडीका एक जना रहेका छन् ।

१४ जना संक्रमित बाँकेमा फेला परेका छन् भने एकजना रतुवामाई मोरङका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

यसअघि शुक्रबार बिहान ३० जनामा कोरोना संक्रमण देखिएको थियो ।

कुल संक्रमितको संख्या ५०७ पुगेको छ । हालसम्म कोरोना संक्रमित जिल्ला ४१ छन् ।

शुक्रबारसम्म ७० जना कोरोना संक्रमितको उपचारपछिको जाँचमा कोरोना नेगेटिभ देखिएपछि डिस्चार्ज भएका छन् । शुक्रबारमात्रै २१ जना डिस्चार्ज भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org