ताजा समाचार

पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्सको यात्रुवाहक विमान कराँचीमा दुर्घटना

एजेन्सि । पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स (पीआईए) को ए३२० एयरबस शुक्रबार कराँचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त बनेको छ ।

पीआईएका प्रवक्ता अब्दुल सत्तारले दुर्घटनाको पुष्टि गर्दै विमान नम्बर ८३०३ मा ९० यात्रु र ८ जना चालक दलका सदस्य रहेको जानकारी दिएको द डन न्युज टिभीले जनाएको छ । विमान लाहोरबाट कराँची आइरहेको समाचारमा उल्लेख छ ।

सामाजिक सञ्जालमा दुर्घटनास्थलबाट बाक्लो धुँवाको मुस्लो निस्किरहेको देख्न सकिन्छ । कोरोनाभाइरसको महामारीका कारण बन्द रहेको हवाई सेवालाई सुचारु गरिएको केही दिनमा नै यो दुर्घटना भएको हो ।

यसअघि, सन् २०१६ मा पाआईए कै विमान उत्तरी पाकिस्तानबाट इस्लामावादसम्मको उडान भर्ने क्रममा आगलागी भएर ४७ जनाले जयान गुमाएका थिए । त्यस्तै सन् २०१२ मा भोजा एयरको बोइङ विमान रावलपिन्डीमा दुर्घटनाग्रस्त हुँदा १२१ यात्रु र ६ चालकदलका सदस्यले ज्यान गुमाएका थिए । सन् २०१० मा एयरब्लु एयरलाइनसको विमान इस्लामावादमा दुर्घटना हुँदा १ सय ५२ जनाको मृत्यु भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org