ताजा समाचार

कोरोना न्युनिकरणका लागी अरनिको बोर्डिङका पुर्व विद्यार्थीद्वारा समाजिक अभियान सञ्चालन

काठमाडाैँ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका विरुद्ध अरनिको बोर्डिङ स्कुलको सन् १९९७ एसएलसी व्याचका विद्यार्थीले सामाजीक क्रियाकलाप सञ्चालन गरेका छन ।

कोरोना भाइरस विरुद्ध समाजलाई योगदान दिने हेतुले विराटनगर स्थित अरिनिको  बोर्डिङ स्कोनका पुर्व विद्यार्थी डा. मीरा आचार्यको संयोजकत्वमा २ साताव्यापी सामाजीक क्रियाकलाप सञ्चालन गरेका हुन ।

विभिन्न पेसा व्यवसायमा देश तथा विदेशमा रहेका पुर्व विद्यार्थीले  गरिबीको​ रेखामुनि रहेका दैनिक ज्यालामज्दुरी गरेर जिविकोपार्जन गर्ने लक्षित बर्ग​ सिटी सफारी  चलाउने ,एउटा​ कोठामा भाडा​ गरेर​ बस्ने​ बिराटनगर र​ वरपर तेतरिया ,पीचरा,सीतापुर साथै सुनसरीको गछ्या​ लगायतका स्थानहरुमा आफै​ गएर​ १२५ परिवारलाई राहत वितरण गरेको हो।

 

साथै प्रदेश नं सरकारका सामाजिक बिकसास मन्त्री​ जिवन घिमिरे​ र​ कोशि अस्पतालका  डा. संगीता​ मिश्र लाई क्रमश २० र​ १० थान​ PPE, (Water proof gown,protective eye वीर,gloves,head cap,KN95 mask) हस्तान्तरण गरेको छ ।

यस महामारी संग पहिलो दर्जामा रहेर लडिरहेका नेपाल प्रहरी तथा विरामी बोक्ने एम्बुलेन्स चालकलगाएतलाई समेत (Gloves, Sanitizer)  वितरण गरि सिङगो विश्व महामारीले आक्रान्त भएको बेला हरेक​ पेशामा रहेका बर्गले सामाजिक क्रियाकलापमा एकजुट भएर लाग्नु पर्ने गतिलो उदाहरण दिएका छन ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org