ताजा समाचार

कालीमाटीका २३१ जना प्रहरीको पीसीआर परीक्षणका लागि नमुना संकलन

काठमाडौं । महानगरीय प्रहरी वृत्त कालीमाटी र सोही क्षेत्रभित्र रहेको महानगरीय ट्राफिक प्रभाग तथा आसपासका क्षेत्रमा कार्यरत २३१ जना प्रहरीको पीसीआर परीक्षणका लागि नमुना संकलन गरिएको छ ।

वृत्त कालीमाटीमा कार्यरत दुईजना प्रहरीमा मंगलबार राति कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि उनीहरुको सम्र्पकमा रहेका सबैको पीसीआर परीक्षणका लागि नमुना संकलन गरिएको हो ।

कालीमाटी वृत्तमा कार्यरत दुई प्रहरीमा कोरोनाभाइरसको संक्रमण देखिएपछि त्यहाँ कार्यरत सबैलाई क्वारेन्टाइनमा राखिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलका अनुसार भोलि (मंगलबार) सम्ममा सबैको रिपोर्ट आउनेछ । उनीहरुको रिपोर्ट आएपछि सो क्षेत्रमा सुरक्षा योजना कसरी बनाउने भन्नेबारे टुङ्गो लगाउन सहज हुनेछ ।

कालीमाटी वृत्तमा डीएसपीको कमान्डमा ९१ जना र ट्राफिक प्रभागमा इन्सपेक्टरको कमान्डमा ५४ जना कार्यरत छन् ।  त्यसबाहेक वृत्त र प्रभाग मातहत पनि विभिन्न प्रहरी युनिट रहन्छन् ।  अहिले सो क्षेत्रको सुरक्षामा अन्य युनिट, वृत्त र परिसरबाट नयाँ टोली खटाइएको छ । संक्रमण देखिएका दुई प्रहरीको उपचार सशस्त्र प्रहरीको कोभिड–१९ अस्पतालमा भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org