ताजा समाचार

प्रधानमन्त्रीको प्रस्ताव– संविधान संशोधन सर्वसम्मतले गरौँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधनको प्रस्ताव सर्वसम्मतिले पारित गर्न राजनीतिक दलका नेताहरुसँग आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले भौगोलिक अखण्डताको विषय हुनाले राष्ट्रिय एकताको सन्देश दिनका लागि पनि  पक्षमा मतदान गरिदिन आग्रह गरेका थिए ।

प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, “प्रधानमन्त्रीको प्रस्तावमा नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठकसम्म पर्खिनुस् हामीले केन्द्रीय समितिको बैठकबाट निर्णय गर्नुपर्छ भन्नुभयो । हामी कांग्रेस केन्द्रीय समितिको निर्णयको पर्खाइमा छौं ।”

उनका अनुसार जनता समाजवादी पार्टीका नेताहरुले आफूहरुका माग पनि यसै संविधान संशोधनसँगै अघि बढाइदिन आग्रह गरेका थिए ।

उनीहरुले आफूहरुले यसअघि अघि सारेका मागहरु पनि यही प्रस्तावमा अघि बढाउन आग्रह गरेपछि प्रधानमन्त्रीले अहिले भौगोलिक अखण्डताको विषय भएको हुनाले अरु बाँकी प्रस्ताव अर्को बैठकपछि अघि बढाउन सकिने बताएका थिए ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पनि सीमा सम्बन्धी विषयमा कांग्रेस सरकारसँगै रहेको उल्लेख गर्दै केन्द्रीय समितिको बैठकबाट निर्णय गराउने बताएका थिए ।

उनले यसअघि पनि कांग्रेसले केन्द्रीय समितिको बैठकबाट नक्सा जारी गर्न आग्रह गरेको उल्लेख गर्दै केन्द्रीय समितिको बैठकले निर्णय गर्ने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org