ताजा समाचार

सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत एक जनाको मृत्यु

काठमाडाैँ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएका एकजनाको मृत्यु भएको छ।

कैलालीको गौरीगंगाका ५० वर्षीय पुरुषको आइसोलेसनमै मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले पुष्टि गरे। ‘उहाँ भारतबाट फर्किनु भएको रहेछ। कोरोनाको आशंकामा हिजो साझ अस्पताल भर्ना हुनुभएको थियोे।’

उनले भने, ‘उहाँमा अन्य समस्या पनि थियो।’ बुधबार बिहान ६ बजे मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए। ‘उहाँको बिहान मृत्यु भएको हो। हिजो अस्पताल ल्याएपछि मुखबाट फिँज फाल्दै हुनुहुन्थ्यो पछि ठीक भएको थियो।’ उनले भने ‘तर बिहान बाथरूमबाट फर्किएपछि उहाँको मृत्यु भयो।’ उनको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिने उनले बताए। उनका अनुसार हाल ६ जना कोरोना संक्रमितसहित ८ जना सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org