ताजा समाचार

कपिलवस्तुमा एकै दिन २८ संक्रमित थपिए

काठमाडाैँ । कपिलवस्तुमा बिहीबार एकै दिन कोरोनाका २८ संक्रमित थपिएका छन् ।

यीमध्ये एक जनामा मृत्यु भइसकेपछि संक्रमण पुष्टि भएको हो । उनी अर्घाखाँचीका बासिन्दा हुन् ।

विजयनगर गाउँपालिकामा एकै दिन ९ जनामा संक्रमण देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले गरेको पीसीआर परीक्षणले यस्तो नतिजा देखाएको हो । रामनरेश माविको क्वारेन्टाइनमा बसेका उनीहरू वार्ड नं. ३, ५ र ७ का हुन् । यससँगै विजयनगरमा संक्रमितको संख्या १३ पुगेको छ ।

त्यस्तै कपिलवस्तु नगरपालिकामा १७ जना थपिएका छन् । यिनमा वडा नं ७ का एक, ८ का १२, वडा नं. १० का एक र वडा नं. ११ का तीन जना छन् । महाराजगन्ज नगरपालिका–७ का एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।

अर्घाखाँचीको भूमिकास्थान गाउँपालिका–९ का ३५ वर्षीय व्यक्तिको भारतबाट आउने क्रममा कपिलवस्तुमा मृत्यु भएको थियो । जेठ ११ मा कृष्णनगरमा उनको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा कोरोना पुष्टि भएको हो ।

यससँगै जिल्लामा संक्रमितको संख्या १ सय ३६ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन कुमार थापाले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org