डब्लूएचओ चीनको ‘कठपुतली’ बनेको राष्ट्रपति ट्रम्पको आरोप
डब्लूएचओसँगको सम्बन्ध तोड्ने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा
एजेन्सि । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) सँग अमेरिकाको सम्बन्ध तोड्ने घोषणा गरेका छन् ।
राष्ट्रपति ट्रम्पले डब्लूएचओले सुरुमै कोरोना संक्रमण रोक्न पूर्ण रुपमा असफल रहेको आरोप लगाउँदै डब्लूएचओसँगको सम्बन्ध तोड्ने घोषणा गरेका हुन् ।
अमेरिकाले यसअघि नै डब्लूएचओलाई दिँदै आएको सहयोग रोकिसकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लएचओ चीनको ‘कठपुतली’ बनेको आरोप लगाएका छन् ।
शुक्रबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले भने, ‘हामीले डब्लूएचओलाई व्यापक सुधारका लागि अनुरोध गरेका थियौँ । तर उसले सुधार गर्न सकेन । आज हामी डब्लूएचओसँगको सम्बन्ध तोड्ने घोषणा गरेका छौं । अमेरिकाले डब्लूएचओलाई दिँदै आएको सहयोग वैश्विक जनस्वास्थ्यको क्षेत्रमा दिइनेछ ।’ ट्रम्पले अगाडि भने, ‘डब्लूएचओ पूर्ण रुपमा चीनको नियन्त्रणमा रहेको छ । जबकि उसले अमेरिकाको तुलनामा अत्यन्तै थोरै सहयोग गर्दै आएको छ ।’ ट्रम्पले फेरि डब्लूएचओलाई वार्षिक रुपमा करिब ४ सय ५० मिलियन अमेरिकी डलर सहयोग गर्दै आएको र चीनले ‘मामुली ४० मिलियन’ सहयोग गर्ने गरेको कुरा दोहोऱ्याए ।
अमेरिकी राष्ट्रपति ट्रम्पले गत महिना डब्लूएचओलाई सुधारका लागि भन्दै ३० दिने अल्टिमेटम दिएका थिए । ट्रम्पले महानिर्देशक डाक्टर ट्रेडोस एडहानोम गेहब्रेयससलाई पत्र लेख्दै एक महिनाभित्र डब्लूएचओले आफ्नो कार्यशैलीमा ठोस सुधार नगरे सधैंका लागि सहयोग रोक्ने चेतावनी दिएका थिए । डब्लूएचको गल्तीका कारण पूरा विश्वले मूल्य चुकाउनु परेको पनि उनले आरोप लगाएका थिए । उनले डब्लूएचओले आफूलाई चीनको नियन्त्रणबाट मुक्त गरेमात्रै अमेरिकासँगको सम्बन्ध सुधार हुने बताएका थिए ।
अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको संक्रमणका बारेमा चीनले सूचना लुकाएको आरोप लगाउँदै आएका छन् । चीनले भने उक्त आरोपको खण्डन गर्दै आएको छ । अमेरिका–चीनबीचको सम्बन्धमा आएको तिक्तताले विश्व स्वास्थ्य संगठनलाई थप कमजोर बनाउनुका साथै त्यसको असर वैश्विक स्वास्थ्यमा नै पर्ने देखिएको विश्लेषकहरु बताउँछन् ।
डब्लूएचओसँगको सम्बन्ध तोड्दा त्यसको असर अमेरिकालाई नै पर्ने चिकित्सकहरु बताउँछन् । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका पूर्वप्रमुख डाक्टर टम फ्राइडेन भन्छन्, ‘डब्लूएचओ अमेरिकाकै पहलमा स्थापना भएको हो । आज हामी त्यही संस्थाप्रति पिठ्युँ फर्काइरहेका छौं । हामी पूरा विश्वप्रति पिठ्युँ फर्काएका छौं । त्यसले हामीलाई पनि र पूरा विश्वलाई नै कम सुरक्षित बनाउनेछ ।’
अमेरिकी राष्ट्रपति ट्रम्पले एकल रुपमा गरेको डब्लूएचओसँग अलग हुने घोषणा कार्यान्वयन गर्न चुनौती रहेको बताइएको छ । जर्जटाउन विश्वविद्यालयकाको ‘ओ’निल इन्स्टिच्युट फर नेसनल एन्ड ग्लोबल हेल्थ ल’ का निर्देशक प्राध्यापक ल्यारी गोस्टिन राष्ट्रपति ट्रम्पले संवैधानिक अधिकारको दुरुपयोग गरिरहेको आरोप लगाए । अमेरिकी राष्ट्रपति ट्रम्पले संसद्को स्वीकृतिबिना राष्ट्रसंघीय एजेन्सीसँगको सम्बन्ध तोड्न नसक्ने उनी बताउँछन् ।
Comments
अरु समाचार
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...
-
फिलिपिन्समा चरम गर्मीका कारण छको मृत्यु
काठमाडौं । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा छ जनाको मृत्युसहित गर्मीसम्बन्धी...
-
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
काठमाडौं । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने...
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ...
-
मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० को मृत्यु
काठमाडौं । मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई वटा हेलिकप्टर आकाशमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।...
-
अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु
काठमाडौं । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको...
-
माल्दिभ्स संसदीय चुनावमा मतदान सुरु
काठमाडौं । माल्दिभ्सको संसदीय निर्वाचनको मतदान आइतबार बिहान देशभर र विदेशका मतदान केन्द्रहरू खोलिएपछि सुरु भएको छ । संसदको ९३...
-
रफाहमा इजराइली आक्रमणमा अधिकांश बालबालिकासहित १३ को मृत्यु
काठमाडौं । दक्षिणी गाजा सहर रफाहमा रातभर भएको इजराइली आक्रमणमा नौ बालबालिकासहित १३ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका...
-
अमेरिकाले युक्रेनलाई ६१ अर्ब डलर राहात दिने
न्युयोर्क । अमेरिकी प्रतिनिधि सभाले युक्रेनलाई ६१ अर्ब डलर राहात प्याकेज दिने प्रस्ताव पारित गरेको छ । केही महिनाको ढिलाइपछि...