ताजा समाचार

नेकपा सचिवालय बैठक सुरु

काठमाडौं । नेकपा सचिवालय बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

बजेटमा एमसीसी घुसाइएको भन्दै केही सचिवालय सदस्यहरुले विरोध गरेपछि नेकपाले आकस्मिक रुपमा सचिवालय बैठक आह्वान गरेको हो ।

सचिवालय बैठकअघि शुक्रबार साँझ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पार्टीमा निर्णय नभई एमसीसीलाई बजेटमा घुसाएकोमा आपत्ति जनाएका थिए । त्यसपछि सचिवालय बैठकमा छलफल गर्ने सहमति भएको थियो ।

सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि बिहीबार संसदमा सार्वजनिक गरेको बजेटमा बजेटमा लप्सीफेदी–रातामाटे–हेटौंडा र लप्सीफेदी–रातमाटे–दमौली–बुटवल ४०० केभी अन्तरदेशीय प्रशारण निर्माण अघि बढाउने उल्लेख छ । त्यसका लागि अन्तरदेशीय प्रशारण निर्माणका लागि ३६ अर्ब २ करोड बजेट विनियोजन गरिएको छ ।

बजेटमा एमसीसी नभनिए पनि यति धेरै रकम विनियोजन गरिएकाले एमसीसीको अनुदान रकम स्वीकार गरेर योजना अघि बढाउने दाउमा सरकार रहेको भनेर नेकपाका कतिपय नेताहरुले विरोध गर्दै आएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org