एमसिसीबारे नेकपा निर्णयः अनुमोदन गर्ने-नगर्ने जिम्मेवारी संसदकै
काठमाडौं । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कोअर्पोरेसन (एमसिसी) को विवादमा फसिरहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिनानिर्णय सकिएको छ।
आर्थिक वर्ष २०७७/७८ को बजेटमा एमसिसीको अनुसूची समावेश गरिएपछि फेरि विवादमा फसेको नेकपाले एमसिसीको छिनोफानो गर्ने जिम्मेवारी संसदलाई नै दिने भएको छ। पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले एमसिसी अनुमोदन गर्ने/नगर्ने जिम्मेवारी संसदलाई नै दिइने बताए। ‘एमसिसी सम्झौताबारेको प्रस्ताव संसदमा विचाराधीन छ।
त्यसैले बजेटमा उल्लेख गरिएको एमसिसीसम्बन्धी अनुसूची पनि संसद अन्तर्गत नै रहने भयो’, उनले भने, ‘एससिसी सम्झौता संसदबाट अनुमोदनमा भएको खण्डमा एमसिसीको अनुसूची त्यही अनुसार अगाडि बढ्ने छ। नत्र बजेटमा व्यवस्था गरिएको अनुसूचीलाई अर्थमन्त्री डा. युवराज खतिवडाले अर्को विकल्पमा जाने गरी निर्णय लिनुहुनेछ।’ बैठकले एमसिसीबारे त्यही अनुसार जानकारी गराउने पनि श्रेष्ठले बताए। ‘संसदमा पनि त्यसै अनुसार स्पष्ट पार्ने जानकारी दिइएको छ।
एमसिसीबारेमा पार्टीले गठन गरेको कार्यदलले प्रतिवेदन यसअघि नै बुझाइसकेको छ। प्रतिवेदन अध्ययन गरेर छिट्टै एमसिसीबारे नेकपाले निर्णय लिने छ’, उनले भने, ‘अध्यक्षद्वयले आपसी छलफल गरेर बैठकको मिति तय गर्नुहुनेछ।’ एमसिसी अन्तर्गत हाल चलिरहेका कार्यक्रममबारे पनि नेकपाले संसदलाई जिम्मेवारी दिएको छ। ‘संसदबाट अनुमोदन हुन बाँकी भएको अवस्थामा एमसिए अन्तर्गतका कामहरु अनुमदोन भएपछि मात्रै गर्ने खालका छन् भने तिनलाई अहिलेलाई यथावत अवस्थामा राख्ने भन्ने भएको छ’, उनले भने, ‘अनुमोदन आवश्यक नपर्ने र अगाडि पनि गर्न सकिने काम छन् भने तिनलाई अघि बढाउने भन्ने भएको छ।’
प्रवक्ता श्रेष्ठले एमसिसीकै कारण संसदबाट बजेट अनुमोदन नरोकिने बताए। ‘संसदबाट बजेट अनुमोदन हुन्छ। एमसिसीको बजेटमा उल्लेख अनुसूचीबारे संसदमा विचाराधीन रहेकाले संसदले जे निर्णय गर्छ, त्यही अनुसार हुन्छ। जुन कुरा प्रधानमन्त्रीले संसदलाई जानकारी गराउनु भएको छ।’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बजेटको अनुसूचीमा रहेको बजेटको स्रोतमा उल्लेख भएको एमसीसी संसदमै विचाराधीन विषय रहेको हुनाले पछि निर्णयबमोजिम हुनेगरी अर्थमन्त्रीले स्पष्ट पार्ने उल्लेख गरे।
‘प्रधानमन्त्रीले नीति तथा कार्यक्रमको प्रत्युत्तर दिदाँ उल्लेख गर्नुभएबमोजिम भाषा स्पष्ट गरिने छ’, थापाले भने, ‘हाल एमसीएले गरिरहेका कामको सम्बन्धमा अनुमोदनपछि गरिनुपर्ने कतिपय काम अघि नबढाउने निर्णय भएको छ’, उनले भने, ‘एमसिसीबारेमा सचिवालयमा व्यापक छलफल गरी पछि निर्णय गरिने छ भएको छ। एमसिसीलाई लिएर रडाको भएपछि गत माघ १५-१९ मा बसेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय अध्ययन कार्यदल बनाएको थियो।
यस्तोमा एमसिसीबारे छिनोफानो गर्न नेकपमा कार्यदलका दुई सदस्य भीम रावल, परराष्ट्र मन्त्रीसमेत रहेका प्रदीप ज्ञवाली र अर्थमन्त्री डा. युवराज खतिवडालाई आजको बैठकमा बोलाएको थियो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार परराष्ट्रमन्त्री ज्ञवाली, अर्थमन्त्री डा. खतिवडा र स्थायी कमिटी सदस्य रावललाई आमन्त्रित सदस्यकारुपमा बोलाइएको थियो। बैठकमा एमसीसी अध्ययन कार्यदलले दिएको प्रतिवेदन तथा गर्नुपर्ने निर्णयमा छलफल जारी रहेको उनले बताए।
कार्यदलका संयोजक खनाल र रावल एमसिसीको विपक्षमा छन् भने ज्ञवाली केही हेरफेर गरेर पारित गर्नुपर्ने पक्षमा छन्। खनाल र रावलले एमसिसीविरुद्ध निरन्तर आवाज उठाउँदै आएका छन्। कार्यदलले पनि यथास्थितिमा एमसिसी पारित गर्न नसकिने प्रतिवेदन बुझाएको छ। संसदको यही सत्रमा एमसिसी पास गराउने रणनीतिमा रहेका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले शनिबार सरकारी निवास बालुवाटारमा सचिवालय बैठक राखेका थिए। नेकपामा एमसिसी अमेरिकाको इन्डो प्यासिफिक सैन्य रणनीतिकै अंग हो वा होइन भन्ने कुरालाई लिएर तीव्र मतभेद छ।
Comments
अरु समाचार
-
भारतमा आज दोस्रो चरणको मतदान हुँदै
काठमाडौं । भारतीय लोकसभाका लागि उधुम गर्मीका बाबजुद आज बैशाख १४ गते दोस्रो चरणको मतदान हुँदैछ । पहिलो चरणको मतदान...
-
जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ ।आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा...
-
आफ्ताब आलमलाई जन्मकैदको फैसला
रौतहट । जिल्ला अदालत रौतहटले कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय सुनाएको छ । बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले...
-
कम्युनिस्ट आन्दोलनमा लागेका विद्यार्थीले मनमोहनको सादगीपूर्ण जीवनीबारे बुझ्नुपर्छ: ईश्वर पोखरेल
काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायका रूपमा बुझ्न आवश्यक रहेको बताएका छन्...
-
सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार हुन्: विष्णु पौडेल
काठमाडाैँ । नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल प्रचण्ड नेतृवको सरकारको स्थायित्वबारे बजारमा चलाइएका हल्लाका पछि नलाग्न आग्रह...
-
अर्थमन्त्रीले पुनले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरूसँग सुझाव लिएका छन्। अर्थमन्त्री पुनले बुधबार पूर्वअर्थमन्त्रीहरू...
-
उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार गर्न नपाइने
काठमाडौं । यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार गर्न नपाइने भएको छ । निर्वाचन आयोगको कार्यतालिमा गएराति...
-
राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा एक रात्रिभोजको...
-
निर्धारित समयभन्दा अगाडि नै कतारी राजा काठमाडौं आइपुगे
काठमाडौं । निर्धारित समयभन्दा एक घण्टा अगाडि नै कतारी राजा अमिर शेख तमीम बिन हमद अल थानी काठमाडौं आइपुगेका छन्...