ताजा समाचार

डडेलधुराको क्वारेन्टाइनमा ६ वर्षीय बालकको मृत्यु

काठमाडौँ । डडेलधुराको क्वारेन्टाइनमा राखिएका एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिका–३ का ६ वर्षीय बालक रहेका छन् ।

शनिबार राति १२ बजे जिल्ला सदरमुकाम नजिकै रहेको डडेलधुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका बालक मृत्यु भएको डडेलधुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

आमाबुबासँगै शनिबार गौरीफण्टा नाका भएर आएका सबैलाई आइतबार गाउँ लैजाने गरी डडेलधुरा सदरमुकाममा रहेको डडेलधुरा बहुमुखी क्याम्पस क्वारेन्टाइनमा राखिएको थियो । राति बालक अचानक बिरामी भएपछि अस्पताल लैजाँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

बालक बिरामी भएपछि बिहान ३ बजे अस्पताल पुर्‍याउँदा मृत अवस्थामा रहेको डडेलधुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीशचन्द्र विष्टले वताए । क्वारेन्टाइनमा मृत्यु भएका बालकको आजै स्वाबको नमुना लिएर पीसीआर परीक्षणका लागि कैलाली प्रयोगशालामा पठाउने डडेलधुरा अस्पतालले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org